सत्ता चरम संकटमा परेपछि पुनः विरोधी फकाउन तल्लीन प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, ११ : ३३
सत्ता चरम संकटमा परेपछि पुनः विरोधी फकाउन तल्लीन प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली सत्ता जोगाउन अनेक प्रपञ्च रच्दै आएका छन् । सत्ता जोगाउनकै लागि वाम एकताको नाममा आफ्नै पहलबाट निर्मित दुई तिहाई बहुमतको नेकपा विभाजति हुनु, संविधानमै नभएको व्यवस्था आफु अनुकुल व्यख्या गर्दै प्रतिनिधीसभा भंग गर्नु, अध्यादेश प्रकरण, कामचलाउ भएपनि मन्त्रिपरिषद पुर्नगठन लगायतका कामहरु गर्दै आए । अहिले पुनः सत्ता धरापमा पर्ने निश्चित जस्तै देखि पछि उनल पार्टी भित्र सामान्य आलोचना गर्नेलाई समेत कारवाहीको डण्डा चलाउन तयार भएका छन् ।

पछिल्ला दिनमा उनी यही मनोदशामा छन् । सर्वोच्च अदालतले उनको प्रधानमन्त्रीको कुर्सी खोसिदिने निश्चितप्राय नै भइसकेको छ । सर्वोच्चमा भएका बहस तथा छलफल एवम् विपक्षी जनमत बलियो बन्दै गएकाले पनि त्यस्तो खालका संकेतहरु देखा परेका छन् । अघिल्लो पटक गत पुस ५ गते जुन रवैयाका साथ प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान मिच्ने हर्कत गरेका थिए । सोही हर्कतको दोस्रो श्रृखलाको रुपमा उनले पुनः प्रतिनिधिसभा विघटन गरे । राजनीतिक, संवैधानिक एवम् व्यवहारिक कुनै पनि हिसाबले प्रतिनिधिसभा विघटन गर्न पाइदैन र मिल्दैन पनि ।

प्रतिनिधिसभाले आफनो पक्षमा काम नगरेको तथा आफू अनुकूल नभएको भन्दै ओलीले जनप्रतिनिधिसभालाई विघटन नै गरे । पछिल्लो पटक ओलीको योजनामा नै अर्को प्रतिगमन गर्न खोजिएको छ । त्यो भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व विरुद्ध जनमत तयार पार्न खोजिएको छ । ओलीकै कारण संघीयताले काम गर्न नसक्ने अवस्था पैदा भएको छ । प्रदेशहरुमा समस्या खडा गरिएको छ । लोकतन्त्र भनिने अवस्थामा बहुमतको शासन भन्ने बुझिन्छ । लुम्बिनी प्रदेशमा ओली नजिक रहेका शंकर पोखरेल अल्पमतमा छन् । गण्डकी प्रदेशमा त अनेकन तिकडम भएपनि अन्त्यमा ओली गुट असफल भयो । वाग्मती प्रदेशमा पनि ओली गुट अल्पमतमा छ । तर लुम्बिनी र वाग्मती प्रदेशमा जुन खालको हर्कत गरेर सत्तामा टिक्न खोजिएको छ । त्यो आफैमा संघीयताको मूल मर्म, लोकतान्त्रिक मान्यता विपरितको कदम हो । 

सडकका गणतन्त्रको नारा लाग्दा बालकोटको हवेलीमा बसेर बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै आन्दोलनकारीलाई दुत्कार्ने उनि अहिले आफुलाई राष्ट्रवादी चर्को भाषण गर्ने गरेका छन् । तराई मधेशमा नेपाली नागरिक मारिदा दुई चार वटा आँप खसेको भन्दै आन्दोलनको खिसीट्यूरी गर्नेपनि  उनै ओली थिए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, अल्पसंख्यकलाई अधिकार दिने विषयमा ओली कहिल्यै सकारात्मक भएनन् । 

ओली जताततैबाट एक्लिएका छन् । उनका गुटका किल्लाहरु क्रमशः भत्कदै र ढल्दै गएका छन् । सर्वोच्च अदालतले समेत केही दिनभित्रै प्रतिनिधिसभा विघटनको विरुद्धमा फैसला दिने तयारी थालेपछि उनको सबै खालका तिकडमहरु अब सकिने अवस्थामा पुगेको छ । किनकी, अति गर्नु अत्याचार नगर्नु भनेको जस्तै ओली अब सबैतिरबाट सहजै पाखा लाग्ने अवस्था रहेको छ ।  सर्वोच्चले अघिल्लो पटकको विघटनमा ओलीको नियत र प्रक्रिया नै गलत थियो । पछिल्लो पटकको विघटनमा त झनै उनको गुट तथा राष्ट्रपतिको समेत नियत खराब देखिएका कारण ढिलोचाँडो प्रतिनिधिसभा पुनः स्थापित हुने आम जानकारहरुको टिप्पणी छ ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीश, वरिष्ठ कानून व्यवसायी, पूर्व महान्यायाधीवक्ता सबैले सर्वोच्च अदालतले प्रतिनिसभाको पुनः स्थापना हुने विचार व्यक्त गरेका छन् । ओलीले सत्ता कब्जा गर्ने नियतका साथ सबै गैरकानुनी र असंवैधानिक काम गरेको उनीहरुको ठहर छ । सर्वोच्च अदालतले पनि जनताको पक्षमा निर्णय गर्ने उनीहरुको सदिक्षा छ । किनकी, अघिल्लो पटकको लामो सुनुवाईपछि सर्वोच्चले जुन ध्येयका साथ फैसला गरेको थियो त्यसले पनि ओली क्रमशः रक्षात्मक हुँदै गएको देखाउँछ । तर, आफूले गल्ती गरेको नठान्ने, अरु सबै दोषी, म मात्रै राम्रो भन्ने अहमताको धुरीमा उनी पुगेका छन् । 

सडकका गणतन्त्रको नारा लाग्दा बालकोटको हवेलीमा बसेर बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै आन्दोलनकारीलाई दुत्कार्ने उनि अहिले आफुलाई राष्ट्रवादी चर्को भाषण गर्ने गरेका छन् । तराई मधेशमा नेपाली नागरिक मारिदा दुई चार वटा आँप खसेको भन्दै आन्दोलनको खिसीट्यूरी गर्नेपनि  उनै ओली थिए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, अल्पसंख्यकलाई अधिकार दिने विषयमा ओली कहिल्यै सकारात्मक भएनन् । 

पछिल्ला दिनमा प्रदेश सरकारलाई उनले जसरी प्रशासनिक इकाई मात्रै बनाएका छन्, त्यसबाट पनि प्रष्ट हुन्छ कि ओली केही कसैगरी पनि परिवर्तलाई संस्थागत हुन नदिने योजनामा छन् । उनकै प्रवृत्तिका शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, शेरधन राईहरुले प्रदेश सरकारमा रहेर गरेको दादागिरी तथा असंवैधानिक हर्कतको जड समेत उनै ओली हुन् । 

नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी स्थापना भएको देशी विदेशी शक्तिलाई मन नपरेका कुरा स्वयम्सिद्ध तथ्य नै थियो । संसारभर नै कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको बोलमा त्यसलाई जसरी भएपनि ध्वंश गर्ने उनीहरुको ध्येय थियो । सोही ध्येयका साथ भारतीय खुफिया एजेन्सी र सात समुन्द्र पारीको अमेरिका खुल्ला र नांगो रुपमा खेलेको तथ्य कोही कसैबाट छिपेको विषय होइन र छैन पनि । त्यसबाट उनीहरुले भन्दै आएको प्रजातन्त्रको समेत धज्जी उडेको छ भने स्वयम् खड्ग ओलीलाई समेत इतिहासको गर्तमा सिमित गरिदिएको छ । अब एकाध दिन मात्रै ओलीले नेपालको सत्तामा रजगज गर्नेछन् र अन्नतः उनी जनताको शक्तिका सामु पराजित भएर शक्तिविहिन अवस्थामा बालकोट फर्कनुपर्ने भएको छ । 

लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ भन्ने नेपाली उखानले भने जस्तै ओली आफनै कारणले अब जनताको नजरमा दोषी र अपराधी सावित भएका छन् । यसबाट उनले आफूलाई त सिध्याए नै, उनको फेरो समातेर बैतरणी तर्न सकिन्छ भनेर बसेका इश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र पछिल्ला दिनमा रफु मास्टरको भूमिकामा रहेका प्रदीप ज्ञवालीको राजनीतिक भविस्य समेत समाप्त भएको छ । किनकी, जनविरोधी हर्कत गर्ने विगतका श्रीस शम्सेर राणा, प्रदीप गिरी र टंक ढकालको भन्दा फरक छैन र हुन पनि नसक्ने आम जानकारहरुको भनाइ छ ।

यी सबै तथ्य र प्रमाणका आधारमा हेर्दा संकटमा परेका कारण ओलीले जे भनेर हुन्छ माधवकुमार नेपाललाई फकाउने साजिश गरेका छन् । यद्यपी वार्ता निष्कर्षमा नपुगेको अवस्था छ । बुधबार भएको वार्ता समेत निष्कर्षमा नपुग्नका पछाडि नेपाल आफनो पूर्ववत् अडानबाट एक इन्च पनि तलमाथि भएनन् । सोही कारण पनि उनले अझै पनि सत्ता जोगाउनकै लागि नेपाल खनाल समूहलाई फकाउन निकै प्रयासरत छन् किनकी, नेपाली जनताको नजरमा ओरालो लागेको ओली र उनको नामा गरिएको ज्यादती अन्त्य हुनु नै आजको प्रमुख कार्यभार जस्तै हुन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस