नुवाकोटमा भेटियो डेल्टा प्लस भेरियन्ट

रासस

शुक्रबार, २५ असार २०७८, २० : ०२
नुवाकोटमा भेटियो डेल्टा प्लस भेरियन्ट

नुवाकोट । जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको  मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ । 

अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक  रहेको जानकारी दिँदै  सजग रहन आग्रह गरे ।  यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको छ प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञा आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए । जिल्लामा ५०२ कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस