काठमाडौं । पूर्व माओवादी नेता एवं वर्तमान नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।
गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा दर्ता खारेजीको निवेदन निवेदन दिएका थिए ।निवेदनका विषयमा के कति प्रक्रिया अघि बढ्यो भन्ने विषयमा बुझ्न नेताहरू आयोग पुगेका हुन् ।
रायमाझीसहित एमाले स्थायी कमिटी सदस्य मणि थापा, केन्द्रीय सदस्य प्रभु साह, गौरीशंकर थारु लगायत नेताहरू आयोग पुगेका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १४ : २९
लेखकबाट थप