यसरी गरिन्छ मिर्गौला प्रत्यारोपण

एजेन्सी

बुधबार, २८ चैत्र २०७४, १७ : २१
यसरी गरिन्छ मिर्गौला प्रत्यारोपण

धेरैमा खुलदुली रहन्छ मिर्गौला प्रत्यारोपण के हो ? यो कसरी सफल वा असफल हुन सक्छ ? कसरी एक शरीरको मिर्गौला निकालेर अर्कोमा लगाइन ्छ र फेरि त्यसले काम गर्न थाल्छ ?शरीरमा दुई मिर्गौला हुन्छ भन्ने थाहा भएको कुरा हो । यदी यसमध्ये एउटामा मात्र खराबी आयो वा निकालिदिएमा पनि शरीरलाई असर पर्दैन ।

मिर्गौला राज्मा आकारको अङ्ग हो । यो ढाडको दुवै तर्फ हुनेगर्छ । सर्बसाधरणमा मिर्गौला पेटको नजिक हुने मानिन्छ तर खासमा यो आन्द्रा मुनि र पेटको पछाडि हुने गर्छ ।

हरेक मिर्गौला चार या पाँच इन्चको हुने गर्छ । यसको मुख्य काम रगतलाई सफा गर्ने हुन्छ । यसले रगतमा रहेको अनावश्यक चिजलाई हटाउँछ । यसका अतिरिक्त यसले शरीरमा तरल पदार्थको सन्तुलन कायम गर्छ र यसको अतिरिक्त इलेक्ट्रोलाइटको पनि सहि मात्रा कायम राख्छ । शरीरको रगत दिनमा कयैन पटक मृगौलाबाट गुर्जने गर्छ ।
रगत मृगौलामा पुगेपछि यसको विकारहरु हट्छ र आवश्यक पर्दा यसमा रहेका नुन, पानी र खनिजको स्तर पनि सन्तुलनमा आउँछ । विकारहरु पिसाबमा बदलिन्छ र शरीरबाट बाहिर निक्लन्छ ।

मिर्गौला १० प्रतिशत मात्र काम गरिरहदा पनि शरीरमा यसको लक्षण नदेखिन सक्छ । यस्तोमा मृगौलाको गम्भीर संक्रमण र मिर्गौला फेल हुने समस्या बारेमा निक्कै पछाडि पत्ता लाग्न सक्छ ।
हरेक मृगौलामा लाखौं सानो फिल्टर हुन्छ जसलाई ‘नेफ्रोन’ भनिन्छ । रगत मिगौलामा जान बन्द हुँदा मृगौलाको त्यो हिस्सा बन्द हुन सक्छ । यसले गर्दा मिर्गौला फेल हुन्छ ।

मिर्गौला प्रत्यारोपण के हो र यो कसरी हुन्छ ?
मिर्गौला प्रत्यारोपण त्यो प्रक्रियाको नाम हो जसमा एक व्यक्तिको शरीरको मृर्गौला निकालेर अर्कोको शरीरमा हालिन्छ जसको मिगौलाले काम गर्न बन्द गरेको हुन्छ ।

सामान्यतया मिर्गाैलाको दीर्घ रोग हुदाँ वा मिर्गौला फेल हुँदा प्रत्यारोपण आवश्यक हुन्छ । कसै कसैको सन्र्दभमा अपे्रशन गर्नु पहिले डायलिसिस गर्नुपर्छ । यो खासमा रगत सफा गर्ने प्रक्रियासँग जोडिएको छ जो प्रत्यारोपणभन्दा पहिले आवश्यक हुन्छ । तथापि यसमा समय खर्च हुन्छ ।
तर यो प्रक्रिया सजिलो भने छैन ।

जटिल प्रक्रिया
यो प्रक्रियामा सबैभन्दा महत्वपूर्ण एक यस्तो मान्छे हुनुपर्छ जसको दुबै मिर्गौलापूर्ण रुपमा काम गर्ने स्वस्थ हुनुपर्छ । उही नै डोनर हुन्छ ।

सामान्य हिसाबमा मिर्गौला दान गर्ने व्यक्ति परिचित व्यक्ति हुने गर्छ तर यस्तो हुन जरुरी छैन ।
मिर्गौला प्रत्यारोपणमा रगत र रगत ग्रुपको महत्व रहन्छ । बिरामी र दान गर्ने व्यक्तिको ब्लड ग्रुप एकै हुनु राम्रो हो ।

“त्यसो नभएमा दान गर्ने व्यक्तिको ब्लड ग्रुप ओ हुनुपर्छ , जसलाई यूनिभर्सल डोनर ब्लड ग्रुप भनिन्छ । तथापि दुबैको ब्लड ग्रुप नमिल्दा पनि मिर्गौला प्रत्यारोपण हुनसक्छ ।” दिल्लीको सर गंगाराम अस्पतालको नेफ्रोलोजी विभागका डाक्टर डीएस राणाले भने ।

अप्रेशन अघि ध्यान दिनुपर्ने कुरा
मिर्गौला प्रत्यारोपणमा दुईदेखि चार घण्टा लाग्न सक्छ र जब मिर्गौला काम गर्न थाल्छ तब बिरामीमा सुधार आउन थाल्छ । डोनर पनि चार पाँच दिन पछि सामान्य हिसाबमा डिस्चार्ज हुने अवस्थामा पुग्छ ।
तर के मिर्गौला प्रत्यारोपण गरिएपछि बिरामी सामान्य रुपमा जीवन यापन गर्न सक्छ ? डाक्टरहरुका अनुसार मिर्गौला प्रत्यारोपणको प्रक्रिया सामान्य होइन । एक व्यक्तिको शरीरको महत्वपूर्ण अङ्ग निकालेर अर्को शरीरमा हालिदा यो जटिल नै हुन्छ ।
उनले भने “मिर्गौलान स्वीकारिने खतरा सधैं रहन्छ । मिर्गौला प्रत्यारोपण भएको शुरुवाती सय दिनमा खतरा बढी रहन्छ । तर पछि पनि खतरा भने रहिरहन्छ । मिर्गौला प्रत्यारोपणको एक वर्ष पछि पनि सफल रहने सम्भावना ९० प्रतिशत हुन्छ ।
 

बेलायतको नेश्नल हेल्थ सर्विसका अनुसार मिर्गौला एक शरीरबाट निकालेर अर्कोमा हाल्दा उमेरले फरक पर्दैैन तर यी चिज जरुरी हुन्छः
–बिरामीमा सर्जरीको असर झेल्ने क्षमता हुनुपर्छ

–ट्रान्सप्लान्टपछि सफल हुने सम्भावना हुनुपर्छ

–अप्रेशनपछि पछि आवश्यक दबाई र उपचारको लागि बिरामी तयार हुनुपर्छ

–यदी पहिलेदेखि कुनै संक्रमण छ भने त्यसलाई पहिले उपचार गर्नु पर्छ

–मिर्गौला फेल भएमा हरेक तीनमा एक व्यक्ति प्रत्यारोपण प्रक्रियाबाट गुज्रिनसक्छ ।

यदी मिर्गौला दान दिने व्यक्ति जीवित छ भने अप्रेशनको पूर्व तयारी गरिन्छ । तर यदी मृत व्यक्तिको मिर्गौला लिने हो भने प्रत्यारोपण केन्द्रले मिर्गौला उपलब्ध भए पछि जानकारी गराउँछ ।
यसपछि अप्रेशन गरिन्छ जसमा नयाँ मिर्गौला हालिन्छ र फेरी त्यसलाई बिरामीको नसा र ब्लाडरमा जोडिन्छ ।

नयाँ मिर्गौला पेटको तल्लो हिस्सामा जोडिन्छ । सामान्यतया प्रत्यारोपण गरिएको मिर्गौला शरीरको बायाँतर्फ जोडिन्छ । तर मिर्गौला प्रत्यारोपण मा कयैन खतरा हुने गर्छ । छोटो अवधिमा रगत जम्ने या संक्रमणको खतरा हुनेगर्छ । लामो समयमा मधुमेह र गम्भीर संक्रमणको खतरा हुन्छ । मिर्गौला प्रत्यारोपण पछि खतरा हुने भएकाले नियमित जाँच जरुरी छ ।
 

प्रत्यारोपणपछि बिरामीले के कुरामा ध्यान दिनुपर्छ?
 
जुन बिरामीलाई नयाँ मिर्गौला दिइन्छ,त्यसलाई खास ख्याल राख्नुपर्छ । यस्तोमा बिरामीले केही कुराको ख्याल राख्नुपर्छ ।

–धुम्रपान गर्नेले छोड्नुपर्छ

–स्वास्थबद्र्धक खाना खानुपर्छ

–मोटो भए वजन घटाउनुपर्छ

–संक्रमणबाट बच्न कोसिस गर्नुपर्छ

मिर्गौला प्रत्यारोपणबारे धेरैमा रहने प्रश्न भनेको मिर्गौला प्रत्यारोपण पछि बिरामी कति वर्ष बाँच्छ भन्ने हो  ।  यसमा कयैन कुरा भर पर्छ । मिर्गौला कोबाट लिइएको हो ? ब्लड ग्रुप र टिस्यु प्रकार के हो ? जसले मिर्गौला लिएको हो त्यसको स्वास्थ कस्तो छ ?
 

मिर्गौला प्रत्यारोपण गरेका बिरामीको औसत जीवनकालः
–एक वर्ष–९५%
–पाँच वर्ष–८५–९०%
–दश वर्ष–७५%
यदी मिर्गौला प्रत्यारोपण असफल रह्यो भने दोश्रो मिर्गौला प्रत्यारोपको लागि तयारी गर्नु पर्छ र त्यो बेलासम्म बिरामीलाई डायलिसिसमा राखिन्छ ।  -बीबीसी

प्रतिक्रिया दिनुहोस