भरतपुरलाई नमुना शहर बनाउन नीजि क्षेत्रलाई भरतपुर महानगरको आग्रह

बुधबार, २८ चैत्र २०७४, १७ : ०९
भरतपुरलाई नमुना शहर बनाउन नीजि क्षेत्रलाई भरतपुर महानगरको आग्रह

चितवन । भरतपुर महानगरपालिकाले नमुना शहर बनाउन नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गरेको छ । महानगरले नीजि सार्वजनिक सझेदारीका आधारमा महत्वपुर्ण योजनाहरु कार्यन्वन गर्न तयार रहेको जनाएको छ ।
बुधबार भरतपुर महानगरपालिका ,नीजि क्षेत्र र विरोक एण्ड कम्पनीको संयुक्त सहभागितामा संचालित सार्वजनिक नीजि साझेदार विषय अन्तरक्रिया कार्यक्रममा महानगरले नीजि क्षेत्रसगँ सझेदार गर्न तयार रहेको धारणा प्रस्तुत गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरलाई देशकै नमुना शहर निर्माण गर्न नीजि क्षेत्रसगँको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । महानगरको विकास निर्माणका काममा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्न आवश्यक पर्ने ऐन कानूनको व्यवस्था गर्न महानगर अग्रसर रहेको जानकारी दिनुभयो । महानगरलाई घेरेका नारायणी नदी, राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जमा सार्वजनिक निजी साझेदारीमा पार्क, मनोञ्जन स्थल आदि निर्माण गर्न सकिने जनाएको छ । त्यस्तै देवघाट देखि त्रिवेणी सम्म जलमार्ग ,केवलकार, पर्यटकीय स्तरको होटल, पार्क, उद्यान, पोखरीको विकास निर्माण गर्न सकारात्मक रहेको जनाएको छ ।  


नीजि क्षेत्र र अन्य सम्वद्ध निकाय वा व्यक्तिलाई सहजिकरण गर्नका लागि महानगरपालिका कार्यालयमा छुट्टै सार्वजनिक निजी साझेदारी शाखा/ इकाईको स्थापना गर्न लागेकाे भरपुर महानगरपािलका उपप्रमुख पार्वती शाहले जानकारी दिनुभयाे।
कार्यक्रममा महानगरपालिकाको प्रशसकिय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाको भावि योजनाहरु तथा नीजि क्षेत्रसगँको सहकार्यको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग सघं ,चितवन उद्योग वाणिज्य सघंले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यसै बिच भरतपुर महानगरपालिका र  विराेक एण्ड कम्पनी  बिच भरतपुर महानगरलाइ  पिपिपि माेडल अनुसार विकास गर्ने सहमति भएकाे छ । महानगरकाे  विकासकाे लागि भरतुर महानगरपालिकाकाे तर्फबाट प्रशासकिय अधिकृत प्रेमराज जाेशी र विराेक एण्ड कम्पनीकाे  तर्फबाट अध्यक्ष राधेश पन्ते हस्ताक्षर गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस