चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर–३ पुल्चोकमा ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते दवाडीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक भरतपुर–१५ मंगलपुरकी २२ वर्षीया जस्मिन न्यौपानेको अवस्था मध्यम रहेकाले उपचार भइरहेको छ । ट्रक र ट्रक चालक चितवन प्रहरीको नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते
बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते
त्रिशूली नदी किनारमा भेटिएको ट्रकको दुर्घटना शंकास्पद छ: प्रहरी
बैतडीमा जिप दुर्घटना हुँदा युवतीको मृत्यु, ४ जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु