मन्त्री पाण्डेद्वारा प्रेश स्वतन्त्रताको गम्भिर उल्लंघन्, कालिका एफएममा समाचार प्रसारणमै रोक

आइतबार, १७ मंसिर २०७४, ०९ : ४४
मन्त्री  पाण्डेद्वारा प्रेश स्वतन्त्रताको गम्भिर उल्लंघन्, कालिका एफएममा समाचार प्रसारणमै रोक

 

भरतपुर ।  सञ्चारमाध्यम तटस्थ र निष्पक्ष हुनुपर्छ भनिन्छ । तर पछिल्लो समय भरतपुरमा रहेको कालिका एफएमले व्यवहारत उल्टो गरेको छ ।

वनमन्त्री समेत रहेका विक्रम पाण्डेले सञ्चालन गरेको रेडियोबाट एक हप्तादेखि एकपक्षीय समाचारहरु बज्न थालेको जनगुनासो छ । चुनावी संघारमा चितवनका वामगठबन्धनको समाचार प्रसारणमा रेडियो सञ्चालक पाण्डेले प्रतिबन्ध लगाएको त्यहाँ कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष वाम गठबन्धनका साझा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नसकेपछि पाण्डेले रेडियोबाट समाचार प्रसारणमा रोक लगाएको वाम गठबन्धनको भनाइ छ । चितवन क्षेत्र नं. २ (ख) प्रदेश सभाका वामगठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले राज्यबाट स्वीकृति लिएर सञ्चालन गरेको रेडियो सञ्चालकले समाचारमा प्रतिबन्ध लगाउनु प्रजातन्त्रको उपहास भएको बताएका छन् । यो त आचारसंहिता विपरीत भयो, सम्बन्धित पक्षले हेर्नुप¥यो, सुवेदीले भने ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा संयुक्त वाम गठबन्धन चितवनका चुनाव प्रचारप्रसार समितिका उपसंयोजक सूर्य सुवेदी पथिकले समाचार प्रसारणमा रोक लगाउनु गम्भीर आचारसंहित विपरीत भएको बताएका छन् । ‘यो त विक्रम पाण्डेको पञ्चायती शैली भयो, अब कालिका एफएम जनताको रेडियो भएन । पथिकको भनाइ थियो ।

मानवअधिकार संगठन चितवनका सभापति बालकृष्ण पौडेलले कुनै दल विशेषको समाचारमा प्रतिबन्ध लगाउनु प्रेस स्वतन्त्रता विपरीत भएको बताएका छन् । ‘जनतालाई सूचनाको हकबाट वञ्चित गर्नु हुँदैन ।’ उनले भने ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले वामगठबन्धनको समाचार प्रसारणमा रोक लगाउनु जनतालाई सही सूचनाबाट टाढा राख्नु हो भनेका छन् । ‘यो त पाण्डेको पराजित मानसिकताको उपज हो ।’ दाहालले भने ।  नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यो त अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको बताए । उनले यसो गर्न पाइँदैन भने । प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले आग्रह पूर्वाग्रह राखेर समाचार प्रशारणमा रोक लगाउन हुँदैन भने ।  

 

प्रतिक्रिया दिनुहोस