विपत प्रतिकार्यका लागि नेपाल–चाइना ट्रेडले गर्यो दोलखा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १२ : ५८
विपत प्रतिकार्यका लागि नेपाल–चाइना ट्रेडले गर्यो दोलखा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल –चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । एशोसिएसनले बुधबार विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो । 

नेपाल – चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपत नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन । त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटरहरु पनि प्रदान गरेको छ । यसअघि कुनैपनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरुलाई कन्सनट्रेटर प्रदान गरिने पनि जनाइएको छ ।

दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल –चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले जानकारी दिईन । नेपाल – चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपतकालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस