युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाखको आईपीओ भोली निष्कासन हुँदै

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १२ : ४५
युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाखको आईपीओ भोली निष्कासन हुँदै

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो । 

कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ भने, माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ ।कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस