सुजिताको शव पोष्टमार्टमको लागि काठमाडौँ पठाइयो

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १५ : ११
सुजिताको शव पोष्टमार्टमको लागि काठमाडौँ पठाइयो

चितवन । चितवनको राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा गत आइतबार मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ । सुजिताको पोष्टमार्टम काठमाडौँमा गर्ने कि चितवनमै गर्ने भन्ने विषय विवाद रहेको थियो ।

चितवन प्रहरीका अनुसार सुजिताको शव पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल काठमाडौँमा हुनेछ । पोष्टमार्टम रिपोर्टबाट सुजितको मृत्युको कारण खुल्ने चितवन प्रहरीको भनाइ छ । राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिता असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस