नाबालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने पाँचजना जेल चलान

बुधबार, २८ चैत्र २०७४, ०८ : १४
नाबालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने  पाँचजना जेल चलान

काठमाडौँ । नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस