प्रधानमन्त्रीले भनेको लुरुलुरु जसले मान्छ त्यो संसारमा कमजोर राष्ट्रपति हो, त्यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन : शम्भु थापा

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १५ : १६
प्रधानमन्त्रीले भनेको लुरुलुरु जसले मान्छ त्यो संसारमा कमजोर राष्ट्रपति हो, त्यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन : शम्भु थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७६ (५) मा दलीय हिृप नलागे ‘निर्दल’ आउँछ भनेर मुखको तितो पोखेको जिकिर गरेका छन् ।  संवैधानिक इजलासमा निवेदक तर्फबाट जवाफ दिँदै थापाले भने, ‘निर्दलीय भन्ने शब्द त एक छिनको मुखको तितो मात्र हो ।’

बहुमत सांसद आफुसँग नपुग्दा ‘केपी ओलीलाई मुद्दा हारेको थाहा छैन् र ?’ भन्ने प्रश्न गर्दै थापाले भने– ‘अदालत आएका सांसदको संख्या अहिले उहाँसँग छैन ।’ राष्ट्रपति पार्टीतिर ढल्किएको आरोप लगाउँदै थापाले भने– ‘प्रधानमन्त्रीले भनेको लुरुलुरु जसले मान्छ त्यो संसारमा कमजोर राष्ट्रपति हो, त्यस्तो राष्ट्रपति हामीलाई चाहिएको होइन ।’ 

प्रधानमन्त्री (केपी शर्मा ओली) ले आफु पनि संसद नगएको र अरुलाई पनि जान नदिएको बताउँदै थापाले सोधे– ‘७६ (५)को उद्देश्य हो के ?’ राष्ट्रपतिले प्रधानमन्त्रीमा परेको दावी संसदमा पठाउनुपर्ने थापाले बताए । ‘निर्दल भन्ने कहाँ हुन्छ र ?’ थापाले भने– ‘सांसदलाई कारवाही गरेर हटाउनुस् न ।’

प्रधानमन्त्री केपी ओलीले  राष्ट्रपतिकहाँ नभई संसदमा दावा गर्नुपर्ने थापाको जिकिर छ । ‘उपधारा (५) को अन्तिम स्रोत जुन छ त्यसमा राष्ट्रपतिले मेरो अधिकार भन्न मिल्दैन’ थापाले भने– ‘प्रक्रिया भित्र जानैपर्छ, राष्ट्रपतिको अधिकार प्रधानमन्त्रीको नाम माग्ने हो, विश्वासको मत पाउँदैनौ भन्ने अधिकार उहाँलाई छैन ।’

प्रतिक्रिया दिनुहोस