बागमती प्रदेशसभाको बैठक आज बस्दै

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ११ : ४३
बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो ।

विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा हिजो सर्वदलीय बैठकले आज प्रदेशसभखभ बस्ने निर्णय भएको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस