इलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, १३ : २१
इलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापा । माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ ।

माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए ।

मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान गरिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस