फिलिपिन्स । पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार हवाई दुर्घटना भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार ८५ जना मानिस बोकेको फिलिपिनी सेनाको जहाज दुर्घटनामा परेको छ।
सी-१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरण हुन खोज्दा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीहरूले जनाएका छन्।
दुर्घटनामा परेपछि जहाजमा आगो लागेको थियो। अहिलेसम्म १५ जनाको उद्धार गरिएको छ। जहाजमा सबै सैनिकहरू सवार थिए।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० असार २०७८, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री डा. राणाद्वारा फिलिपिन्स र जर्जियाका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल