ओली -नेपाल फोनमै झोक्काझोक्की

ओली : सुमसुम्याएर पनि के भयो ? सेकेर पनि के भयो र ? जति गर्दा पनि जस्ताको त्यस्तै छ त ।’ नेपाल : अदालती प्रक्रिया आफ्नो ठाउँमा छँदै छ, त्यसमा नअल्झिनुहोस्, अदालतलाई फैसला गर्न दिनुहोस् । अहिले बैठकचाहिँ रोक्नुहोस्

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, ०९ : ३१
ओली -नेपाल फोनमै झोक्काझोक्की

काठमाडौं । नेकपा एमालेभित्र सर्वाेच्च अदालतमा असन्तुष्ट पक्ष (माधव नेपाल पक्ष) ले गरेको हस्ताक्षरको विषय प्रतिष्ठाको विषय बनेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता मधव नेपालवीच फोनमै झेक्काझोक्की परेको छ । उपमहासचिव घनश्याम भुषालको मोवाइलबाट ओली र नेपालले झण्डै २५ मिनेट वार्ता गरेपनि वार्ताका अधिकाशं समय झोक्काझोक्कीमा दुई पक्षवीच कुराकानी भएको छ ।

शनिवार दिँउासे नेपाल र ओलीका वीचमा फोन सम्वाद भएको थियो ।

ओलीले नेपाल सहित नेपाल पक्षका २३ सांसदलाई सर्वाेच्च अदालतमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएका थिए । त्यही परिवेशमा ओली र नेपाल वीच घनश्यामको मोवाइलवाट कुराकानी भएको हो ।

ओलीले त्यो झोक्काझोक्की पछि वसेको एमाले केन्द्रीय कमिटि बैठकमा सोमबार साझ ५ वजेसम्म हस्ताक्षर फिर्ता नगरे आफु असाधारण र्निर्णयमा पुग्ने भन्दै नेपाल समुहमाथी कारवाहीको संकेत गरेका छन् ।

नेपाल र ओली दुवै समुहका दोस्रो तहका नेताहरु दुई नेतालाई मिलाउन र एमालेको एकता जोगाउन दौडधुप गरिरहेका छन् । त्यही क्रममा घनश्याम आफैले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर माधव सागै हुनुहुन्छ कुरा गर्नुस् भन्दै फोन दिएका थिए ।

त्यसपछि ओली र नेपालका वीचमा फोनमै झोक्काझोक्की शुरु भएको हो । शुरुमै प्रधानमन्त्री ओलीले नेपाललाई अदालतमा गरेको हस्ताक्षर फिर्ता गरेर पार्टी बैठकमा आउन भनेका थिए । नेपालले पनि अदालतमा भएको हस्ताक्षर फिर्ता नहुने वरु पार्टी बैठक रोक्न भनेका थिए ।  ओलीले नेपालसँगको फोन वार्ता शनिवारको पार्टी केन्द्रीय कमिटि बैठकमा पनि विफ्रिड गरेर सुनाएका थिए ।

‘घनश्याम भुसालजीले फोन लगाउनुभयो । माधवजीसँगै छु, कुरा गरिहाल्नुहोस् भन्नुभयो । मैले हुन्छ भनेर कुरा गरें,’ बैठकमा ओलीले सुनाएको सम्वाद सुनाउँदै एक केन्द्रीय सदस्यले सफलखवरसँग भने, माधव नेपालले बैठक रोक्नुहोस् भन्नुभएछ, ओली कमरेडले एमालेको सरकार ढाल्न विपक्षीको नेतृत्वमा सरकार बनाउने तपाईंहरूले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुहोस् भन्नुभएछ, त्यसपछि फेरि उस्तै वाझावाझ र झोक्काझोक्कीमै सम्वाद टुटेछ ।’

ओलीले नेपाललाई पार्टी क्षतविक्षत वनाउन लागिपरेको आरोप लगाएका थिए । जवाफमा नेपालले पनि देश, पा्रप्त उपलब्धी सवै ध्वस्त पार्ने अभियानमा ओली लागेको आरोप लगाएका थिए ।

माधव नेपालले अदालती प्रक्रिया आफ्नो ठाउँमा छँदै छ, त्यसमा नअल्झिनुहोस्, अदालतलाई फैसला गर्न दिनुहोस् तर बैठकचाहिँ रोक्नुहोस् भनेर ओलीसँग आग्रह गर्नुभएछ, ति नेताले भने, तर ओलीले बैठक नरोकिने वताउनु भएछ ।

बैठक कति दिन रोक्ने, ? कति दिन पर्खिने ? पार्टी क्षतविक्षत हुन्जेलसम्म पर्खिने ? यो हुन सक्दैन्, प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाललाई भनेका थिए । ओलीले जेठ २ मा आफु फर्किएको जिकिर पनि गरेका थिए । तर नेपालले जेठ २ मा नभइृ फागुन २८ मै ओली रहेको बताएका थिए ।

ओलीले वैठकमा भने, हामी जेठ २ मा गयौं । साथीहरूकै भनाइअनुसार बैठक ढिलो गरी बस्यौं । १६ गते बस्ने भनेको बैठक १८ गतेसम्म सार्‍यौं । आज पनि ३ बजेसम्म पर्खियौं तर भएन । सधैं एउटै कुरा, उही चर्खा घुमेको घुम्यै छ । यस खालको कुरामा पार्टी अल्झिनु हुन्न । अब अघि बढ्छ । सुमसुम्याएर पनि के भयो ? सेकेर पनि के भयो र ? जति गर्दा पनि जस्ताको त्यस्तै छ त ।’

प्रतिक्रिया दिनुहोस