झापा । झापाको भद्रपुर नगरपालिका ९ पोकापाडामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय ६५ बर्षीय धनसिंह राजवंशी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार अन्दाजी ३ बजेदेखि हराइरहेका राजवंशीलाई पोखरीधनी सोही स्थानका नेपाल सिंह राजवंशीले आज बिहान ९ बजे मृत फेला फारेका थिए ।
१ नं. प्रदेश विपत व्यवस्थापन कार्यालय चन्द्रगढी, प्रहरी चौकी घोडामारा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पुरा गरि शव परिक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असार २०७८, १२ : २४
लेखकबाट थप