लुम्बिनी प्रदेशमा जसपाबाट राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १४ : १०
लुम्बिनी प्रदेशमा जसपाबाट राज्यमन्त्री भएकी रायमाझीले दिइन् राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले जनाएकी छन् । प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस