भारतीय कोठीबाट पाँच नेपाली चेलीको उद्धार

मंगलबार, २७ चैत्र २०७४, १८ : ५९
भारतीय कोठीबाट पाँच नेपाली चेलीको उद्धार

नेपालगन्ज ।  भारत आगरा शहरको काश्मिरी बजारस्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ ।
माइती नेपाल क्षेत्रीय कार्यालयका संयोजक केशव कोइरालाको नेतृत्वमा नेपालगन्जबाट गएको टोलीले भारतीय प्रहरीको सहयोगमा सो कोठीमा छापा मारी १७ देखि २२ वर्ष उमेर समूहका पाँच नेपाली र चार भारतीय युवतीको उद्धार गरिएको हो । उद्धार गरिएका नेपाली र भारतीय चेलीलाई अहिले आगराकै नारी निकेतन संस्थामा राखिएको छ ।

“अहिले मुद्दा प्रक्रिया शुरु भएकाले उद्धार गरिएका चेलीलाई नेपाल ल्याउन नसकिएको हो”–क्षेत्रीय संयोजक कोइरालाले आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने ।

कोठीबाट उद्धार गरिएका नेपाली सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र धादिङ जिल्लाको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस