जिम्बाबेको निर्वाचनको अनुगमन गर्न ४६ देशलाई आह्वान

मंगलबार, २७ चैत्र २०७४, १७ : ५९
जिम्बाबेको निर्वाचनको अनुगमन गर्न ४६ देशलाई आह्वान

हरारे । जिम्बाबेको सरकारले आसन्न राष्ट्रिय निर्वाचनका लागि देशभरि अनुगमन गर्न ४६ देशलाई आह्वान गरेको छ । सन् २०१८ को मध्यतिर हुने निर्वाचनमा अनुगमन गर्न चिनियाँ टोलीलाई पनि बोलाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अनुगमनका लागि आफ्नो देशमा आमन्त्रण गरिएका विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरुको सूची जिम्बाबेको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । राज्यद्वारा सञ्चालित हेराल्ड पत्रिकाको आधिकारिक वेबाइटमा सार्वजनिक गरिएको विवरणअनुसार १५ वटा क्षेत्रीय र महादीपीय निकायहरु पनि अनुगमनकर्ताको सूचीमा रहेका छन् ।

यसअघि कम्बोडियाले पनि आउँदो जुलाई २९ तारिखमा हुने राष्ट्रिय निर्वाचनमा अनुगमन गर्न अन्तर्राष्ट्रिय निकायहरुलाई आह्वान गरेको थियो । कम्बोडियाको राष्ट्रिय निर्वाचन समितिले अनुगमन गर्न चाहनेहरुका लागि यही अप्रिल २३ देखि जुलाई २५ सम्ममा दर्ताका लागि समय तोकिएको आयोगले जनाएको छ । अन्तर्राष्ट्रिय अनुगमनकर्ता हुनका लागि अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र विभिन्न देशहरु हुनुपर्ने शर्त राखिएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस