केन्द्रीय समिति बैठकमा नजाने माधव समूहको निर्णय

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १८ : १६
केन्द्रीय समिति बैठकमा नजाने माधव समूहको निर्णय

काठमाडौं । नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको हो ।  बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए ।  माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस