जब विद्यार्थीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १५ : ४०
जब विद्यार्थीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाए

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विपक्षी पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुको पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।  विद्यार्थी संगठनहरु यतिबेला सडक प्रदर्शनमा उत्रिएका छन् । 

आन्दोलनको कार्यक्रमअनुरुप उनीहरुले देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस