बुद्धनगरमा माधवपक्षीय स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १३ : ३६
बुद्धनगरमा माधवपक्षीय स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक शुरू भएको छ ।

भोलि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेरनहुने निर्क्यौल गर्न माधव पक्षधरका नेता हिजोदेखि छलफलमा जुटेका छन् । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने भन्दै नेपाल पक्षमा भोलिको बैठकमा जान नहुने मत धेरैको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेता नेपालसहित भीम रावल भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी छन् ।

स्थायी कमिटी तथा आफ्नो पक्षीय केन्द्रीय सदस्यहरूसँगको छलफलको निष्कर्षपछि मात्र माधव पक्षले केन्द्रीय बैठकमा सहभागी हुने वा नहुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस