आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ०८ : १७
आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको ज जनाएको छ । बुधबार रातिदेखि नै देशका विभिन्न क्षेत्रमा लगातार पानी परिरहेको छ । जसका कारण विभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढ्ने क्रममा छ ।

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले मौसम प्रभावित भएको हो । अहिले तराई भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि झरी परेको हो । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस