नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, अब केन्द्रीय कमिटी क्रियासिल

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १४ : १७
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, अब केन्द्रीय कमिटी क्रियासिल

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् ।

बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको छ ।थपिएका स्थायी कमिटीमा बादल, रघुबिर, बिश्नु रिमाल, बेदुराम भुसार , रघु पन्त, टोप रायमाझी, लेखराज भट्ट , मणि थापा  रहेका छन। 

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस