सहकारी रकम हिनामिना प्रकरण

राप्ती गाउँपालिका अध्यक्षसहित २० जना बिरुद्ध पक्राउ पूर्जी जारी

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ०८ : ०६
राप्ती गाउँपालिका अध्यक्षसहित २० जना बिरुद्ध पक्राउ पूर्जी जारी

दाङ । सहकारीको रकम हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानुन्द सुबेदीसहित २० जना प्रतिबादीको नाममा मंगलबार पक्राउ पूर्जी जारी भएको छ । दाङ जिल्ला अदालतले गाउँपालिकाका अध्यक्ष सुबेदीसहित २० जनाको नाममा पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले गाउँपालिका अध्यक्षसहित २० जना प्रतिबादी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारी गर्दै सबैलाई पक्राउ गरेर अदालतमा पेश गर्न आदेश जारी गरेको जानकारी दिए । ३५ दिने पक्राउ पूर्जीको म्याद जारी गर्दै अदालतले त्यस्तो आदेश दिएको हो ।पक्राउ पूर्जी जारी भएसंगै अब जति खेरपनि प्रतिबादी २० जनालाई प्रहरीले पक्राउ गर्न पाउने भएको छ ।

तोकिएको सयम भित्र उनीहरु पक्राउ नपरे घरमै म्याद टाँगिने श्रेस्तेदार गिरीले जानकारी दिए । देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड बढी रकमहिना गरेको अभियोगमा यसअघि ४ जना कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । एक जना महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।

सहकारी सदस्यहरुले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिबादी बनाई अदालतमा मुद्दा दायर गरेका थिए । यसैबीच गाउँपालिकाका अध्यक्ष सुबेदीले बिज्ञप्ति मार्फत आफु सहकारीको कुनैपनि पदमा २०७४ सालदेखि नरहेको स्पष्ट पार्दै आफु निर्दौष रहकेको बिज्ञप्ति मार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस