मकवानपुरमा निषेधाज्ञा एक साता थप

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १६ : २९
मकवानपुरमा निषेधाज्ञा एक साता थप

मकवानपुर। मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गर्दै असार २१ गतेसम्म कायम गरिएको छ ।

कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ भने कस्मेटिक, सुनचाँदी, जुत्ता चप्पल, फर्निचर मध्यान १२ बजेबाट ४ बजेसम्म खोल्न पाइने भएको छ ।

अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णय बमोजिम सञ्चालन हुने बताइएको छ । निजी सवारी साधानमा जोरविजोर लागु हुनेछ भने अन्य सार्वजानिक साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस