ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटिको बैठकमा माधव समुह नजाने

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १३ : ५६
ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटिको बैठकमा माधव समुह नजाने

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ ।

पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।

एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफु पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस