जाजरकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई जना घाइते

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १३ : १८
जाजरकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई जना घाइते

जाजरकोट । धोएका कपडा विजुलीको तारमा सुकाउन लाग्दा करेन्ट लागेर जाजरकोटको नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएकी नलगाड नगरपालिका–१० की २३ वर्षीय रमिता ध्यारको मृत्यु भएकोे  प्रहरीले जनाएको छ । 

रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा आइतबार उनको मृत्यु भएको हो । करेन्टबाट रमितालाई बचाउन पुगेकी २५ वर्षीय प्रमिला ध्यार र ६५ वर्षीय बेलु ध्यारलाई पनि करेन्ट लागेर घाइते भएका थिए ।

शनिबार बेलुकी साढे ६ बजेतिर केरेन्ट लागेर घाइते भएकी रमितालाई उपचारका लागि तत्काल रुकुमपश्चिमको आठबीसकोट–९ राडीस्थित नगर अस्पतालमा पु¥याइएको थियो । आफन्तका अनुसार करेन्ट लागेर मृत्यु भएकी रमिताको पेटमा ९ महिनाको गर्भ रहेको थियो । 

मृतक रमितासँगै रुकुमपश्चिमको राडी स्थित नगर अस्पतालमा पु¥याइएका उनीहरूको अवस्था अहिले सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस