सुर्खेत । गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो ।
राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका निर्दोष युवतीलाई होटलमा पु¥याएर यौन दुव्र्यवहार गरेको आपत्तिजनक भिडियो भाइरल भएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण पनि गरायो ।
आयोगको ध्यानाकर्षणपश्चात् सुर्खेत प्रहरी प्रशासनले गुर्भाकोट नगरपालिका– ९ सुर्खेतका चमन घर्ती जोगी, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनसहित तीन जनालाई पक्राउ गर्यो । पछिल्लो समयमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहार प्रसारण गर्ने युट्युब च्यानललाई पनि प्रहरीले बन्द गरेको छ ।
युवतीमाथि यौन दुराचार गर्ने ती युवाहरुलाई भने मानव ओसारपसार र जबर्जस्ती करणी कसुरको मुद्दा लगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार अहिले अन्य समुदायको मान्छे प्रवेश निषेध गराउन राउटे बस्तीमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाउने राउटे जाति र उनीहरुका चेलीहरुमाथि गरेको अश्लील कर्मको वास्तविक अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग जिल्ला कार्यालय जुम्लाको चार सदस्यीय टोलीले दुई साताअघि गुर्भाकोट नगरपालिका ११ सुर्खेत भेरी नदी किनारस्थित आँपसोतीमा रहेको बस्तीको स्थलगत अनुगमन तथा अनुसन्धान गरेको छ ।
उनीहरुको मानवअधिकार, पोषण तथा सामाजिक सुरक्षा, खाद्य र साँस्कृतिक अधिकारबारे स्थलगत अनुगमन, अनुसन्धान गरेको आयोग जुम्लाको टोलीले आफ्नै संस्कार र स्वतन्त्रतामा जिउँदै आएको राउटे जाति अब असुरक्षित बन्दै गएको पाएको छ । असुरक्षाका विभिन्न कारणहरुमध्ये प्रमुख कारण राउटेहरु गैरराउटेको नजिकतामा आउनु नै देखिएको मानवअधिकार अधिकृत धनराज शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ असार २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाहसंस्कार स्थल व्यवस्थित गर्दै कर्णाली सरकार
बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने
कर्णाली सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने