सिराहामा रुघाज्वरोले बालबालिकाको मृत्यु,  तेस्रो भेरियन्ट  आशंका

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १० : ५०
सिराहामा रुघाज्वरोले बालबालिकाको मृत्यु,  तेस्रो भेरियन्ट  आशंका

जनकपुरधाम । सिरहामा भटाभट बालबालिकाको मृत्यु भएपछि कोरोनाको तेस्रो भेरियन्टको आशंका गरिएको छ ।

१२ दिनमै सिरहामा १६ वर्ष मुनिका चार बच्चाको मृत्यु भएपछि  तेस्रो भेरियन्टको आशंका गरिएको हो ।   सिरहा अस्पताल ल्याउने क्रममै चारै बच्चाको मृत्यु भएको हो ।  उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।

ती बच्चाहरूको मृत्यु के कारणले भयो भन्ने पुष्टि हुन सकेका छैन । मृतक बच्चाको पीसीआर परीक्षण गराउँदा कारण खुल्न सक्थ्यो । तर परीक्षणको लागि अभिभावक मानेका थिएनन् ।’मृतक बालबालिकाहरू कुन ठाउँका थिए भन्ने रेकर्ड अस्पतालसँग छैन ।

प्रतिक्रिया दिनुहोस