काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पाइलट सहायक रथी आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
थापाले जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
०७८ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ असार २०७८, १७ : ३०
लेखकबाट थप