कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १९ : ०२
कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा अवरुद्ध

file-photo

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

सभामुखले प्रदेशसभा बैठकको कारबाही सुरु भएको जानकारी गराए लगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए । विरोधपछि कांग्रेस प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताएका थिए ।

अवरोधपछि सभामुखले असार ११ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन ।१ असारमा आएको बजेटमाथिको छलफल असार ४ गतेदेखि सुरु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस