वरिष्ठ अधिवक्ता यादवको बहस -७६ को (५) अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १३ : २७
वरिष्ठ अधिवक्ता यादवको बहस -७६ को (५) अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति सेयर बहादुर देउवा लगायतको रिट निवेदनमाथि पक्षमा बहसमा गर्दै उनले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे । 

‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६ (२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। 

प्रतिक्रिया दिनुहोस