कोरियोग्राफर रोजिन मल्टी टास्क पर्सनालिटी अवार्डबाट सम्मानित

सोमबार, २६ चैत्र २०७४, १३ : २४
कोरियोग्राफर रोजिन मल्टी टास्क पर्सनालिटी अवार्डबाट सम्मानित

काठमाडौं । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य मलेसियामा सम्पन्न एउटा भव्य समारोहवीच अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । गत शनिबार मलेसियाको क्वालालम्पुरमा संचालन भएको द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड समारोहमा वेष्ट इन्टरप्रिनर विधा अन्तर्गत वेष्ट इन्टरप्रिनर इन मल्टी टास्क पर्सनालिटी अवार्डबाट सम्मानित भएका हुन् ।
यस विधामा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् । उनलाई यस पुरस्कारका नेपालस्थित ई प्लानेट प्रा.लि.ले मनोनीत गरेको हो । सम्बन्धीत विधामा रोजिन हासिल गरेको उपलब्धि, पु¥याएको महत्वपूर्ण योगदान र निरन्तरताको उच्च मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट रोजिनलाई सम्मानीत गरेको हो । एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदान र उपलब्धीको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ ।
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् ।
नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि भएका नेपाली प्रतिनिधि पात्रहरुको पनि ग्रुमिङ र सफल उपलब्धी पनि हासिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस