एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने चेतावनी दिएका छन् ।
राजधानी मनिलाका खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि राष्ट्रपति दुतुर्तेले यस्तो चेतावनी दिएका हुन् ।
फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन् ।
फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले यसअघि नागरिकलाई खोप लगाउन आग्रह गरेपनि त्यो स्वेच्छिक हुने बताएका थिए ।
फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ असार २०७८, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा बाढी र पहिरोमा मर्ने अनि बेपत्ता हुनेको संख्या कम्तिमा १३०
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार