सडकमा ढलेको विद्युतको पोलबाट करेन्ट लागेर एक युवकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १३ : ५६
सडकमा ढलेको विद्युतको पोलबाट करेन्ट लागेर एक युवकको मृत्यु

सिन्धुपाल्चोक ।  करेन्ट लागेर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का एक युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । 

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताए । 


 

प्रतिक्रिया दिनुहोस