काठमाडौं । डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन ।
सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ असार २०७८, २० : ४४
लेखकबाट थप