पढ्नलाई विदेश जाने विद्यार्थीलाई स्वदेशमै रोक्ने प्रयास

सोमबार, २६ चैत्र २०७४, ०९ : ००
पढ्नलाई विदेश जाने विद्यार्थीलाई स्वदेशमै रोक्ने प्रयास

चितवन । शिक्षा क्षेत्रमा नेपालमा ख्याति कमाएका सञ्चालकहरुद्वारा सञ्चालित स्मल हेभन मोडेल स्कूल आँपटारीले प्लेग्रुपदेखि पोष्ट ग्राजुएसनसम्मका कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेको छ । जिल्लामा उच्च गुणस्तरको शिक्षाको अभावमा राजधानी लगायतका शहर र विदेश जाने विद्यार्थी सहितलाई रोक्न सक्ने गरी पठनपाठन सञ्चालन गर्ने स्कुलले जनाएको छ । 
लिटिल एञ्जल्स काठमाडौंका सञ्चालक उमेश श्रेष्ठ, सोही विद्यालयका संस्थापक प्रिन्सिपल विद्या लिम्बु, काठमाडौं मोडेल कलेजका सञ्चालक लंकबहादुर केसी, एनपीआई समूहका सञ्चालक चुडामणि खनाल, रामप्रसाद भट्टलगायतका सञ्चालकले सञ्चालन गरेको यस स्कूलले नयाँ शैक्षिक सत्र २०७५ बाट नयाँ ढंगले स्कूल सञ्चालन गर्न लागेको हो । 
सैनिक महाविद्यालय पर्सामा प्रिन्सिपलका रुपमा कार्यरत नेपालका केही उत्कृष्ट प्रिन्सिपलहरुमध्येका विमल क्षेत्रीलाई विद्यालयले प्रिन्सिपल बनाएर ल्याएको छ । प्राणीशास्त्रमा स्नातकोत्तर गरी ६ वर्षको सैनिक महाविद्यालयको अनुभवसँगै हिमालय ह्वाईट हाउस इन्टरनेशनल कलेज काठमाडौंको अनुभव संगाल्नु भएका क्षेत्रीले प्रयोगात्मक एवं विद्यार्थी केन्द्रित शिक्षण सिकाई कक्षाहरु सञ्चालन गरिने बताउनु भयो । उहाँले विद्यार्थीलाई चारित्रिक विकासमा जोड दिंदै अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुने बताउनु भयो । 
विद्यालयका संस्थापक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र हालका सञ्चालक रामप्रसाद भट्टले यसै शैक्षिक सत्रबाट विज्ञान र व्यवस्थापन विषयमा कक्षा ११ को पठनपाठन शुरु गर्ने बताउनु भयो । जिल्लामा मात्रै नभएर देशमै उत्कृष्ट शिक्षा दिने दाबी उहाँहरुको थियो । हाल यो विद्यालयमा एक हजार ९६ जना विद्यार्थी अध्ययनरत छन् ।
 

प्रतिक्रिया दिनुहोस