चितवन । मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा स्वाथ्य क्षेत्रमा रहेका नीतिगत समस्या र समाधानका उपाय विषयमा छलफल गरिएको छ ।
उद्योग संघको आयोजनामा भैरहेको औघोगिक प्रदर्शनीको अवसरमा सो विषयमा छलफल गरिएको हो । नेपालको स्वाथ्य नीति मिश्रित प्रणालीको रहेका कारण यहाँ विभिन्न समस्याहरु रहेको सो अवसरमा बताईएको छ । कार्यक्रममा बोल्दै जिल्ला जनस्वाथ्य कार्यालय चितवनका प्रमुख डाक्टर विजय झाले स्वाथ्य निर्देशिका प्रति आफ्नो पनि चित नबुझेको भन्दै त्यसलाई माथिल्लो निकायबाट नै सुधार गरेर आए काम गर्न सजिलो हुने बताउनु भयो ।
एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरका निर्देश डाक्टर प्रमोद लामिछानेले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि टिप्पणी गदै प्रमुख झाले निजी अस्पतालहरुले स्वाथ्य क्षेत्रमा निकै राम्रो काम गरेको बताउनु भयो । अस्पतालहरुले बिरामीलाई दिदै आएको दश प्रतिशत छुट गरिव बिरामी सम्म नपुगेको भन्दै त्यसको लागि जनचेतना जगाउन आवश्यक रहेको समेत डाक्टर झाले बताउनुु भयो ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नीजि अस्पतालहरुलाई परेको समस्यामा हातेमालो गर्न उद्योग संघ तयार रहेको बताउनु भयो । राजनैतिक अस्तिरताका कारणले देशमा कुनै पनि उद्योगहरु सुरक्षित नभएको भन्दै अब स्थायी सरकार आएसंगै उद्योगीहरुलाई काम गर्ने वातावरण निर्माण हुने विश्वास लिनु भयोे । अब सौराहा घुम्न आउने पर्यृटक संगै स्वाथ्य पर्यटक ल्याउन चितवन सफल हुनुपर्ने बताउनु भयो । अस्पतालहरुमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै सेवा भावले खुलेका अस्पताहरुमा बिरामीले ढुक्क संग उपचार गर्न पाउने वातावरणका लागि सरकार संग पहल गर्न अस्पताल सञ्चालकहरु संगसंगै उद्योग संग पनि तयार रहेको अध्यक्ष दुवाडीले बताउनु भएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै डाक्टर प्रमोद लामिछानेले नेपालको स्वाथ्य प्रणाली १२३ वर्ष पुरानो रहेको र यो प्राथमिक स्वाथ्य उपचारमा आधारित रहेको बताउनु भयो । नीतिगत रुपमा नै स्वाथ्य क्षेत्रमा समस्या रहेको बताउदै बारम्बार परिवर्तन भैरहेका स्वाथ्य नीतिका कारण अस्पताहरुले ढुक्क संग लगानी गर्न नसकेको बताउनु भयो । डाक्टर लामिछानेले हालको सरकारी नीति अनुसार कुनै पनि अस्पतालहरुरु सञ्चालन नभएको कार्यपत्रमा उल्लेख गर्नुभएको छ । अस्पताल हाईवे बाट केही कि.मी भन्दा टाढा हुनु पर्ने भनिए पनि राजमार्ग छेउमा नै अस्पताहरु रहेको , प्रति शैया ५५ स्क्वायर मि. क्षेत्रफल हुनु पर्ने कुरा अस्पष्ट र ट्रमा सेन्टर स्थापना तथा संचालन नीति अहिले सम्म बन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेश्नल सिटी अस्पतालका प्रबन्ध निर्देशक बिकास अधिकारीले सेवा मुलक क्षेत्र अस्पताल हुदाहुदै पनि सरकारले यस क्षेत्रलाई विद्युत प्राधिकरणको अस्पताल फिडर सम्बन्धी समस्या र चर्को शुल्क लिने गरेको बताउनु भयो । अस्पताल संचालनको अस्थाई स्वीकृती र वार्षिक नविकरण गर्नु पर्ने समस्या । र फोहोरमैला व्यवस्थापन सम्बन्धी झमेलाका कारण निजी हस्पताहरुले निकै दुख पाएको बताउनु भयो ।
सरकारले दीर्घकालिन नीति तयार गरेर लगानी कर्तालाई निर्वाध सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । नीजि अस्पतालका सञ्चालक एवं प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले वार्षिक नविरकण गर्नुपर्ने, गर्न जाने बेलामा विभिन्न नीतिगत वहानामा आनकान गर्ने वातावरण अन्त्य हुनु पर्ने, मेडिकल कलेजको हकमा ईच्छा पत्र दिई सके पछि र सोही आधारमा मापदण्ड अनुरुप धेरै लगानी गरिसकेपछि संचालन स्वीकृती रोकिने समस्या अन्त्य हुनु पर्ने लगाएतका सुभाव दिएका छन् ।
कार्यक्रममा एलाईभ हस्पीटल एण्ड ट्रमा सेन्टरका डाक्टर बि एम खरेल, उद्योग संघ चितवनका उपाध्यक्ष राजु पौडेल, त्रिलोचन कडेल लगाएतले बोल्नु भएको कायृक्रम संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस