हिमालयन जनरल इन्स्योरेन्सको चुक्तापूँजी १ अब बढि

विहीबार, १६ कार्तिक २०७४, २१ : ४४
हिमालयन जनरल इन्स्योरेन्सको चुक्तापूँजी  १ अब बढि

काठमाडौं । निर्जीवन वीमा व्यवसामा  विगत साँढे दुईदशक देखि सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्तापूँजी एकअर्व २ करोड पुर्याएको छ ।

विमा समितीको निर्देशन अनुसार वीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्व र जीवनवीमाको हकमा दुई  अर्व पुर्याउनु पर्ने  वाध्याकारी नीति अख्तियार गरेपछि कम्पनीले चुक्तापूँजी एक अर्व पुर्याएको हो ।

यसरी चुक्तापूँजी अर्ब  पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आ÷ब मा एकअर्व  ३० करोडको  प्रिमियम संकलन गरेको छ, भने निकट भविश्यमा आफ्नो  शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमासमेत  विस्तार गर्ने बताइएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवाप्रदान गर्दै  आइराखेको छ ।

प्रतिक्रिया दिनुहोस