जसपाको यादव पक्ष आधिकारिकता दावी लिएर निर्वाचन आयोग जाँदै

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १२ : २३
जसपाको यादव पक्ष आधिकारिकता दावी लिएर निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले आज निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवदेन दिने भएको छ ।

जसपा केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे प्रमुख नेताहरू आफैं निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको छ ।

यादव पक्षको हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस