काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले देशभर नै सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर अहिले मनसुनी वायुको प्रभावका कारण बदली तथा वर्षा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज देभरको मौसम ?