मेलम्चीमा बाढीपहिरोको जोखिम अझै कायमै : स्वास्थ्यमन्त्री तामाङ

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १६ : ४०
मेलम्चीमा बाढीपहिरोको जोखिम अझै कायमै : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौँ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकस्थित मेलम्चीमा बाढीपहिरोको जोखिम अझै कायम रहेको बताएका छन् । हेलिकप्टरबाट निरीक्षण गरेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पहिरोका कारण खोला थुनिएको बताए ।

उनका अनुसार हेलम्बु गाउँपालिकाको चोक्पुभन्दा ५ सय मिटरमाथि पहिरो गएको र त्यसले खोला थुनिएका कारण मेलम्चीमा बाढी आएको हो । उनले मेलम्ची नदी किनाराको तटीय क्षेत्रमा अझै जोखिम नहटेको बताए। ‘पहिरो खस्ने खोला रोकिने। अनि फेरि खोला बढ्ने भइराखेको छु,’ तामाङले भने, ‘पानी फेरि परे निकै ठूलो जोखिम हुनसक्छ।’

प्रतिक्रिया दिनुहोस