ईश्वर पोखरेलले अस्पताल पुगेर भेटे झलनाथलाई

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १२ : ५४
ईश्वर पोखरेलले अस्पताल पुगेर भेटे झलनाथलाई

काठमाडौं । बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई एमाले महासचिव ईश्वर पोखरेलले भेट गरेका छन् ।

नेता खनाल थप उपचारका लागि दिल्ली जान लागेको खबर पाएपछि एमाले महासचिव पोखरेल बुधबार उनलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

आफूलाई भेट्न आएका महासचिव पोखरेललाई खनालले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए

प्रतिक्रिया दिनुहोस