अन्तर्राष्ट्रिय समुदायलाई खोप सहायताका लागि प्रधानमन्त्री ओलीको पुन :आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १६ : २८
अन्तर्राष्ट्रिय समुदायलाई खोप सहायताका लागि प्रधानमन्त्री ओलीको पुन :आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रणमा आउन लागेको भन्दै खोप सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई पुनः आग्रह गरेका छन् । पर्याप्त खोप उपलब्ध भए २०२१ भित्र सबै नागरिकलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए ।

अमेरिकी संचारमाध्यम सीएनबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भाइरस नियन्त्रणमा आए पनि तत्काल खोपको जरुरी भएको बताएका हुन् । उनले भने, ‘मुलुकमा ७५ प्रतिशतले भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । बाँकी संक्रमणका लागि हामीले काम गरिरहेका छौं ।’

दोस्रो लहरमा नेपालमा अक्सिजन र बेड अभाव भएको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा त्यस्तो हुन नदिन सरकारले काम गरिरहेको उनले उल्लेख गरे । ‘हाम्रो जनसंख्या ३ करोड मात्र छ । केही नागरिक समूहलाई हामीले खोप लगाइसकेका छौं’ ओलीले भने ।


 

प्रतिक्रिया दिनुहोस