इन्धन ट्यांकर चालकले पाउने भए कोरोना खोप, आन्दोलन फिर्ता

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १५ : ५७
इन्धन ट्यांकर चालकले पाउने भए कोरोना खोप, आन्दोलन फिर्ता

काठमाडौं । इन्धन ढुवानी गर्ने ट्यांकरका चालकलगायत सबै श्रमिकलाई कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलित चालकहरुले आन्दोलन फिर्ता लिने भएका छन् ।

भोलि बुधबारदेखि चालकहरुलाई खोप लगाउन नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्ता भएपछि आन्दोलन फिर्ता लिइएको हो ।संघका अध्यक्ष ईश्वर लामाका अनुसार बुधबारदेखि एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएकाले हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौँ ।

वार्तामा बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति गरिएको छ ।त्यस्तै, थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् भने अमलेखगञ्जका झण्डै १ हजार ४सय चालक–सहचालकलाई त्यहीँ खोप दिीने सहमति पनि भएको छ ।

यस्तो महामारीमा पनि चालकलाई खोप नदिइएपछि नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस