काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् ।
तथ्यांकमा नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ६६ हजार ४ सय ८५ उल्लेख छ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
हाल, चीनले अनुदान उपलब्ध गराएको १० लाख मात्रा भेरोसिल खोप लगाउने अभियान जारी छ । यद्यपि, काठमाडौं महानगरपालिकासहित केही पालिकामा खोप सकिएपछि अभियान स्थगित भएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई लगाउनुपर्ने देखिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ जेठ २०७८, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप
१६ लाख किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
धनगढीमा कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
आयो फोक्सो क्यान्सरविरुद्धको खोप