काठमाडौं । सर्वोच्चले पुर्नबहाली गरेको केही दिन नबित्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ ।
बिहिबार हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी फेरी कारबाही गरेको हो । प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।
यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान