काठमाडौं । नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज निरीक्षण गर्नु भएको छ ।
लमजुङको बेँसीशहर वडा नं. २ बगालेगाउँमा निर्माणाधीन केन्द्रको निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधार राम्रो बनेको र क्षेत्रफल पनि पर्याप्त भएकाले आगामी दिनमा प्राविधिक ज्ञान, सीप र अध्ययन गर्न यसले सहयोग पु¥याउने बताए ।
निरीक्षण टोलीलाई क्याम्पसका प्राचार्य श्याम घिमिरेले हालको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रलाई रुपान्तरण गरी नेपाली सेना कृषि विज्ञान अध्ययन संस्थानको रुपमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेसँगैे विएस्सी एजी अध्यापन गर्ने प्रक्रिया समेत अघि बढेको श्रीजंग गणका गणपति जयराम थापाले बताए ।
झण्डै १३ करोड रुपैयाँ लगानीमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त क्षेत्रमा बाख्रा, गाई, बंगुर, कुुखुरापालन गरिएको छ भने तरकारी खेतीसमेत गरिएको छ । केन्द्र करिब ४ सय रोपनी क्षेत्रफलमा पैलिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ जेठ २०७८, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
नेपाली सेनामा भर्ना खुल्यो
उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रियद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय